Invalid Conversion Type | Saturday 15th August 2020

नेकपाका नेता थापा द्धारा गृह जिल्ला पठाईएका मास्क, स्यानीटाईजर वितरण


Hamroekata ३१ असार २०७७

प्युठान, ३१ असार ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभाबशाली स्थायी कमिटी सदस्य एवं युवा नेता मणि थापा द्धारा जिल्लामा पठाईएका स्वास्थ्य सामाग्री विभिन्न स्थानमा वितरण गरिएको छ । नेता थापा मार्फत १० हजार पिस मास्क र स्यानीटाइजर जिल्लाका विभिन्न स्थानमा वितरण गरिएको अनेरास्ववीयूका केन्द्रिय सदस्य सुमन श्रेष्ठले बताउनुभयो ।

जसमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रास्ट्रिय अनुसन्धान कार्यालय, पत्रकार महासंघ, प्युठान, भानु सामुदायिक अध्ययन केन्द्र, रास्ट्रिय युवा संघ, अनेरास्ववियू, बालमन्दिर प्रा.बि, जानकी मा.बि, शारदा नि.मा.बि लगाएत विभिन्न संघसस्था तथा कार्यालयहरुमा वितरण गरिएको उहाँको भनाई रहेको छ ।

पार्टी स्थायी कमिटी सदस्य थापाले यस भन्दा पहिले पनि स्वास्थ्य सामाग्री पठाउनु भएको थियो भने कोरोना महामारीबाट प्युठानि जनतालाइ बचाउन जिल्लाका राजनैतिक दलका नेताहरु, जिल्ला स्थित सुरक्षा निकायका कार्यालय, जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु एवं विभिन्न पक्षहरु संग छलफल गर्नुभएको थियो।


सम्बन्धित पोस्टहरू

Top