Invalid Conversion Type | Saturday 15th August 2020

निजी विद्यालयले भाेलिदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने


Hamroekata ३१ असार २०७७

काठमाण्डाै – निजी विद्यालय सञ्चालकहरुले असार १ गते अर्थात् बिहीबारदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने भएका छन् ।

निजी तथा आवासीइ विद्यालयहरुका सङ्गठन प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति निकालेर बिहीबारदेखि सबै किसिमका वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप रोकेर विदालय बन्द गर्ने जानकारी गराएका हुन् ।

उनीहरुले शिक्षक–कर्मचारीहरुलाई अर्को व्यवस्था नहुञ्जेलको लागि बेतलबी बिदा दिने निर्णय गरेका छन् । अभिभावकसँग शुल्क उठाउन पाउनु पर्नेलगायतका आफूहरुको माग सम्बोधन नगरेकोले यस्तो अप्रिय निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षक तथा कर्मचारीको वैशाखदेखि असारसम्मकाे तलब सुविधा विद्यालय खुलेर अवस्था सहज भएपछि भुक्तानी गर्ने पनि विज्ञप्तिमा भनिएको छ ।


सम्बन्धित पोस्टहरू

Top