Invalid Conversion Type | Saturday 19th October 2019

नगरका जनताका पिर मर्का चिर्दै अगाडी बढ्ने छु ।


Hamroekata १५ माघ २०७५

 

टंक बहादुर खड्का
अध्यक्ष
नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा. ) प्यूठान नगरपालिका संगठन कमिटी प्यूठान

दुई ठुला दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भई प्यूठान जिल्लाका नगरपालिका तथा गाउँपालिकामा पालिका अध्यक्ष सचिव लगायत सवै सदस्यहरुको सपथ ग्रहण सम्पन्न भईसकेको छ । दुई ठुला दल पार्टी एकता हुँदा जनतामा एक प्रकारको चासो बढ्न थालेको छ । जनताका इच्छा आकांक्षाहरु धेरै छन् अरु जे जे भए पनि राजनीतिक नेतृत्वले जनताका समस्या समाधान गरेर अघि बढ्न सकेमा त्यो नेतृत्व प्रति जनताको विश्वास एवं भरोसा बढ्न जान्छ । यसै सन्दर्भमा जिल्लाको केन्द्रको रुपमा रहेको प्यूठान नगरपालिकाका नेकपाका अध्यक्ष टंक बहादुर खड्का संग हामीले नगरवासीलाई समृद्ध बनाउन यहाँको नेतृत्व कसरी अगाडि बढ्ला ? प्यूठान नगरका विकासका सभ्वाना तथा पार्टीको सांगठनिक स्थिति लगाएतका बिषयमा कुराकानी गरेका थियौ प्रस्तुत छ हाम्रा सहकर्मी प्रकाश बैद्यले नेकपा प्यूठान नगरपालिका संगठन कमिटीका अध्यक्ष टंक बहादुर खड्का संग गर्नु भएको कुराकानीको सम्पादित अंश ः

ने.क.पा. प्यूठान नगरपालिका संगठन कमिटीको अध्यक्ष हुनु भयो ,अव तपाईको जिम्मेवारी के के हुन् ?
धन्यवाद । अव प्यूठान नगरपालिका भित्र १० वटा वडा छन् । सवै वार्डहरुमा नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा.) को वार्ड कमिटी ,टोल कमिटी र सेल कमिटी निर्माण गरी जिम्मेवारी दिने र सवै कमिटीलाई जिल्ला पार्टी ,प्रदेश कमिटी तथा केन्द्रिय कमिटीका कामरेडहरुलाई आमन्त्रण गरी प्रशिक्षण समेत गरी पूर्ण जिम्मेवारी बन्ने गराउने छु ।
यी जिम्मेवारी पुरा गर्न तपाईको नेतृत्व कसरी अगाडी बढ्ला ?
निश्चित रुपमा प्यूठान नगरपालिकालाई ने.क.पा. मय गराउन मेरो भुमिका विश्वास पूर्वक व्यवहारीक वनेर जनताका पिर मर्का,समस्या तथा अनेक प्रकारका पछ्यौटेपनलाई चिर्दै अगाडी बढ्ने छु । पार्टी प्रति जिम्मेवार भई नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा.) को बिधानमा बफादार भई सिङ्गो पार्टीलाई अगाडी बढाउने विश्वास दिलाउदछु ।
प्यूठान नगरपालिकामा तपाईको पार्टीको सांगठनिक स्थिती बताईदिनुहुन्छ कि ?
हाम्रो पार्टी प्यूठान नगरपालिकामा मजबुत छ । १० वटै वार्डमा संगठन बलियो छ । गत स्थानिय चुनावमा प्रत्यक्ष तर्फ ५२ सिट मध्ये मेयर,उपमेयर सहित ३९ स्थानमा बिजय हासिल गरेकोले हाम्रो पार्टीको सांगठनिक स्थिती त्यसबाट नै दिनको उज्यालो झै छर्लङ्ग हुन्छ ।
ने.क.पा.को जिल्ला स्तरको संगठन हाल सम्म पनि वन्न नसक्नुले पार्टी एकतामा जुन रुपमा आउनु पर्ने उत्साह हो सो देखिदैन नि ?
हो पक्का हो । किन कि दुई ठुला पार्टीको समायोजन हुनु चान चुने कुरा होइन । त्यसमा पनि केन्द्रिय कमिटी , प्रदेश कमिटी र पालिका कमिटी निर्माण भई सकेका छन् अव जिल्ला कमिटी निकट भविष्यमै निर्माण हुदैछ । नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह हुन गईरहेको तथ्य कसैले छिपाएर नछिप्ने यथार्थ वताउन चाहन्छु ।
प्यूठान नगरपालिकाको स्थानिय सरकारको नेतृत्व तपाईहरुकै पार्टीको छ , यस सम्वन्धमा नगर क्षेत्र भित्र जनताको भावना अनुसार कार्य भएको वा नभएको विषयमा तपाईको पार्टीको बुझाई कस्तो छ ?
गणतन्त्र स्थापना पछि स्थानिय सरकार निर्माण भएको हो । मलाई लाग्दछ नविन अवस्थामा वनेको यो स्थानिय तहले नीति ,नियम,विनियमहरु तथा विधी तयार गर्दा समय लाग्नु अस्वाभाविक मान्नु हुदैन तथापि जनताको भावना सरकार प्रति सकारात्मक नै देखिन्छ । केन्द्र देखि स्थानिय तह सम्म पार्टीको समायोजन तथा नीति ,नियम विधी, विधान तयार गर्दा अवश्य पनि ढिला सुस्ती भएको हामी स्वीकार गर्दछौ । पार्टीले यो वर्षलाई एकताको ,नीति ,नियम ,विधी ,विधान तयार तथा आर्थिक जुटान भन्दा पनि फरक पर्ने थिएन तै पनि पार्टीले गर्नु पर्ने कार्य सन्तोष जनक रुपमा नै अगाडि बढेको छ । तसर्थ नगरवासीहरुले पनि यो तथ्यलाई वुझि सन्तोष भएका छन् भन्ने यथार्थतालाई प्रष्ट पार्दछु ।
प्यूठान नगरक्षेत्र भित्रका विकासका सम्भावनाहरु के के छन् ? यसका लागि कुन कुन पक्षवाट के कस्तो भुमिका आवश्यक पर्ला ?
संघियताको अर्थ केन्द्र ,प्रदेश— प्रदेश,पालिका —पालिकाको विचमा प्रतिस्पर्धावाट प्रदेश तथा पालिकाहरुको समृद्ध र त्यहाँ वस्ने जनता सुखि गराउनु हो । यसर्थ प्यूठान नगरपालिका भित्र प्रशस्त प्राकृतिक सम्प्दा,जल ,जंगल,,खनिज पदार्थ ,जडीबुटी,चिस्यान योग्य तथा पशुपन्क्षिपालन क्षेत्र र जमिन पनि छन् त्यसको उपयोग तथा प्रयोगवाट नगरलाई समृद्ध गराउन सकिन्छ भने ऐतिहासिक सांस्कृतिक सम्पदा पनि बिद्यमान छन् । भित्रिकोट दरवार, कालिका मन्दिर तथा अन्य सांस्कृतिक धार्मिक ऐतिहासिक सम्पदा पनि छन् । त्यस्तै हाम्रो सांस्कृतिक हाम्रो परम्परलाई व्यवस्थित ढंगले विश्व सामु पहिचान गराउने हो भने प्रचुर मात्रामा पर्यटन केन्द्रको रुपमा प्यूठान नगरपालिका समृद्ध बन्ने छ जसवाट नगरवासीको जिवन शैली नै परिवर्तन भई सुखी हुने विश्वास गर्दछु यसका लागि सवै बुद्धिजिवी,शिक्षक ,कर्मचारी,प्राविधिक तथा जनसेवीहरुको सकृय सहभागिताको अपरिहार्य महसुस गर्दछु ।

अन्तमा थप विचार र पत्रिकालाई के सुझाब दिन चाहनुहुन्छ ?

सचेत भई विवेकि वनि सम्पूर्ण पार्टी पंक्ति,जनप्रतिनिधी नगरवासि तथा सरकारको चौथो अंग मिडिया एकताबद्द भई नगरको विकास तथा नगरवासीलाई सुखि गराउन लाग्नु पर्दछ । सवै पत्र पत्रिकाले स्वतन्त्र भएर निष्पक्ष भई सरकार र पार्टीलाई सचेत गराउनु पर्दछ आफ्नो छवि स्वच्छ राख्न कहिले पनि पित पत्रकारिता अवलम्वन गर्नु हुदैन । साथै मलाई अन्तरवार्ता लिई विचार राख्न दिएकोमा हाम्रो एकतालाई   धन्यवाद दिन चाहन्छु ।


सम्बन्धित पोस्टहरू

Top