Invalid Conversion Type | Saturday 15th August 2020

धार्मिक र पर्यटकीय स्थलहरुसंग ऐरावती


Hamroekata ४ जेष्ठ २०७६

सागर रिजाल
प्युठान

प्युठानका नौ वटा स्थानीय तह मध्ये ऐरावती गाउँपालिका एक हो । यस क्षेत्र भौगोलिक तथा मनोरम दृश्यले सुन्दर मानिन्छ । जिल्लाकै तेश्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य ऐरावती यस क्षेत्रमा पर्दछ । त्यसैले यस गाउँपालिकाको ऐरावती नामाकरण गरिएको छ । गाउँपालिकामा ऐरावती संगै धेरै पर्यटकीय गन्तव्यहरु छन् । जसमध्ये प्रमुख रुपमा झिमरुक र माण्डवी नदीको संगमस्थल ऐरावती , विजुलीकोट बरौलाकोट, काफलबुटाको तफसीगुफा ,दागवागको कुटीलेख , जाबुनेदह, आलमदेवी मन्दिर , पकलाको काङथुङ, फर्साबतन शिवगुफा, कर्याङकुरुङ लगाएत रहेका छन् । यी क्षेत्रहरु भैगोलिक विकटता र प्रचारप्रसारको कमिले ओझेलिएका छन् ।

यस क्षेत्रका केहि महत्वपूर्ण पर्यटकीय स्थलहरु ः
ऐरावती ः
ऐरावतीको वर्णन जति गरेपनि कमै हुन्छ । किवदन्ती अनुसार स्वर्ग बाट अप्सराहरु ऐरावत हात्तिमा सवार गरि पवित्र जल भएको स्थानमा स्नान गर्न आउने र स्नान गरिसकेपछि सोही हात्तिमा प्युठानको स्वर्गद्धारी बाटो हुदै स्वर्ग प्रस्थान गर्ने भनाई रहेको छ । तसर्थ स्वर्गद्धारी र ऐरावतीको नजीकको सम्बन्ध रहेको पाईन्छ ।
किवदन्ती अनुसार देवगणहरु ऐरावत हात्तिमा सवार गरि स्नान गर्न आउने गरेको र केहि दिनको बसाईको क्रममा उक्त हात्ति बिरामी परि सोही स्थानमा अवसान भएपछि स्वर्ग फर्कने क्रममा स्वर्गद्धारीको बाटो हुदै देवगणहरु स्वर्ग पुगेको भनाई रहेको छ । पछि ऐरावतीमा अर्घाखाँचीबाट एकजना व्यक्ति मोक्ष प्राप्तीका लागि भन्दै आफ्ना सम्पूर्ण परिवार त्यागेर ऐरावती स्थलमा कुटी निमार्ण गरि बसेको पाईन्छ । र सोही स्थानमा मृत्युवरण भएको खण्ड सिद्धि प्राप्ती हुने विश्वासका साथ उनी दुई नदीको संगल स्थल, चारैतिर घना जंगल भएको ठाउँमा एक्लै बसेका थिए । सोही क्रममा दुबै नदी चारैतिर विनास गर्दै उर्लिएर आएको अवस्थामा उक्त व्यक्तिले नदी आउ मलाई बगाउ भन्दै किनारमा बस्दा पनि उर्लीएको पानीले उनलाई छुनै नसकेको किबदन्ती पाईन्छ। त्यसपछि उनी सोही स्थानमा विवाह गरि बसेको पाईन्छ ।
हाँल उक्त स्थानलाई गाउँपालिकाले आफ्नो क्षेत्रको प्रमुख धामिर्क पर्यटकीय क्षेत्रको रुपमा लिदै आएको छ र प्रत्येक वर्षको पुष मसन्ताको रातमा मेला लाग्ने र माघ १ गते विहानै सम्पूर्ण श्रदालु भक्तजनहरुले स्नान गरि घरघर फर्कने गर्दछन् । उक्त नदीमा स्नान गरेमा आफ्नो जीवनकालमा भुलबु गरेका सम्पूर्ण दोषहरु नाश हुने जनविश्वास छ । यस क्षेत्रको व्यवस्थापनका लागि अगिल्लो आर्थिक वर्षमा रु ५ लाख र यस आर्थिक वर्ष १ लाख ५० हजार सहयोग गरेको गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो ।


कुटिकोलेख
ऐरावती गाउँपालिका १ दाङवाङमा पर्ने कुटिकोलेख पर्यटकीय हिसाबले ज्यादै महत्वपूर्ण मानिन्छ । समुद्रि सतहदेखी १३ सय मिटर उचाईमा रहेको उक्त स्थानमा परापूर्व कालमा सन्यासीहरु आएर बसेको पाईन्छ । साथै उक्त स्थान वातावरणीय रुपमा ज्यादै रमणीय पाईन्छ । चारै तिर लालीगुरासले ढाकेको कुटीको लेख एकपटक पुग्ने जोहीकोहीलाई पटक पटक जाउ जस्तो लाग्छ । सोही स्थानमा अवस्थित ९० बर्षका वृद्धहरुलाई बुझने क्रममा सोही स्थानबाट भारतको लखनौ सम्म देखिने बताउछन् । र अहिले सो स्थान समथल भुभाग चारैतिर इनार, कुवाको अवशेष पाईनुका कारणले पनि ऋषिमुनीहरुको बसोबास रहेको विश्वास गरिन्छ ।


आलमदेवी मन्दिर जाबुने
ऐरावती गाउँपालिका वडा नंम्बर ३ स्थित आलमदेवी मन्दीरको छुट्टै महत्व छ ।२०१६ सालमा सोही स्थान साउनेखोलामा बसोबास गर्ने आरने कामी गोलकाटनका लागि जंगलमा गई सुकेको अमलाको रुख ढाल्दै गर्दा रुखको माथि पट्टी अनौठो खालको आवाज आएको सुनियो । जब रुख ढल्यो रुखको टोर्कामा मान्छेको स्वरुप भएको चमकदार मुर्ति भेटियो । उनी कामीले सो मुर्तिलाई कसैलाई केहि नभनी आफ्नो घरको बाकसमा केहि दिन राखी सकेपछि आफ्नो आरनमा पगाल्न खोजे सो मूर्ति पगाल्न खोज्दा चारैतिर आगोको ज्वाला निस्कीयो तर मुर्ति पग्लीएन सोही अवस्थामा उक्त मुर्ति अनौठो आकारमा बोल्न थालिन, म आलमदेवी हुँ मलाई नपगाल भन्ने आवाज सुनेपछि आरनेकामी बेहोस भए । साथै सो गाउँमा अनिष्ट भयो। गाउँका सबै मान्छे विरामी परे । गाउँमा हाहाकार मच्चियो गाउँले मान्छेहरु जम्मा भई उपाए खोज्न थाले । सोही क्रममा अर्घाखाचीको अर्घातोसबाट आएका व्यक्तिले उक्त स्थानमा आलमदेवी मन्दिर स्थापना गरेमा अहिले देखा परेको अनिष्टको अन्तय हुने बताएपछि २०१६ सालमा जाबुनेको दहमा मन्दिर स्थापना गरिएको छ । साथै उक्त मन्दिरमा पवित्र भावनाका साथ वरदान मागेमा पूर्ण हुने जनविश्वास रहेको पाईन्छ । सोही स्थानका चेत बहादुर कुवरलाई सन्तान प्राप्ती नभएपछि उक्त मन्दिरमा पुगेर वरदान मागिसकेपछि पुत्र लाभ भएको र जन्मिएका पुत्र आलमदेवी माताको कृपाले विट्रीस आर्मिमा भर्ति भएको र उनको जीवन सुखमय वितेको नीज उदयबहादुर कवर बताउछन् । हरेक वर्षको कोजाग्रत पूर्णिमाको दिन उक्त स्थानमा हजारौ भक्तजनहरु उपस्थित भई देवी संग वरदान माग्नुका साथै सराय नाच गरिन्छ ।


बिजुलीकोट
ऐरावती गाउँपालिका वडा नंम्बर ६ बिजुली स्थित विजुलीकोट भक्तजनको हिसाबले ज्यादै महत्वपूर्ण मानिन्छ । १८१९ सम्मको सिलालेख प्राप्त भएको उक्त विजुलकेट मन्दिरको इतिहास ३०० वर्ष पुरानो मानिन्छ । वडादशैको अवसरमा खड्गदेवी मन्दिरको नवरात्र पुजा गरि विजयादशमीको दिन विसर्जन गर्ने परम्पराका दिन विसर्जन गर्ने गरिन्छ । नागरुपी रहेकी खड्ग भगवतीकी महिमा ज्यादै ठूलो छ हरेक वर्ष नवमीको दिन दशौ हजार श्रदालु भक्तजनको विचमा नागरुपी खड्गदेवी भगवतीलाई प्रदशन गराईन्छ । उक्त मन्दिरमा पुगि भक्तजनहरुले सर्वपक्षिय भाकल माग्ने गरेको पार्यन्छ र भाकल पुर्ण भएको जनविश्वास छ ।
कुनै बेला मन्दिरमा पूजापाठ गर्दा खड्गभगवतीप्रति विधि प्रक्रिया नपुर्याउदा उनी रिसाएर बेपत्ता भएपछि उक्त स्थानमा अनिष्ट पैदा भएको र जताततै हाहाकार मच्चिएको त्यसपछि धर्मशास्त्र अनुसार पुजारीहरु, दर्लामी मगर र खड्कक्षेत्री पूजारी लगाएत अन्य व्यक्तिहरु समेतले बाजागाजा बजाउदै देवीलाई खोज्दै जाने क्रममा घना जंगलको विचमा रुखको टुप्पामा बसेको फेला पारे झल्झली बोल्ने प्रकास सहितको उज्यालोमा देवीलाई भेटाएपछि पुजारीहरु खुसी भई उक्त रुखको फेदमा बली दिएर माफी मागी ससम्मान आफ्नो मन्दिरमा फर्काएर ल्याएको किवदन्ती भनाई छ ।

काफ्लबुटाको तपसीगुफा
तपसीगुफा देवस्थलको वर्णन गर्दा करिब दुई,सय वर्ष पुरानो पाईन्छ । हाँलको माण्डवी गाउँपालिका रुद्रपुर स्थित नीधिराम उपाध्यायले तपस्या गरेको ठाउँलाई तपसीगुफा नाम रहेको भनार्ए छ । प्राचिन भनाई अनुसार उनले हरेक दिन आफ्नो रुप फेरि कहिले बाघ, कहिले सर्प र कहिले चराचुरुङ्गीको रुप फेर्ने गरेको भनाई छ । उनले लामो समय तपस्या गरि सिद्धि प्राप्त गरेपछि त्यस्तो रुप धारण गर्ने गरेको पाईन्छ । उक्त स्थानमा अहिलेपनि प्राचिन खालका घेरावारहरु , पानीका ईनारहरु, प्रयाप्त मात्रामा पोखरीहरु, भित्री गर्भगृहहरु प्रसस्त देख्न पाईन्छ । उक्त स्थानको प्रचारप्रसार नहुँदा पछि परेको पाईन्छ ।

ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको सहयोगमा !!!


सम्बन्धित पोस्टहरू

Top