Invalid Conversion Type | Tuesday 19th November 2019

दोस्रो स्वर्गद्वारी नगरकप समापन, वडा नंम्बर ७ ले कप हासिल ग¥यो


Hamroekata २९ आश्विन २०७६

प्युठान,२९ असोज ।
गत असोज २४ गतेदेखी सञ्चालन गरिएको स्वर्गद्धारी नगरकप प्रतियोगिता समापन भएको छ । कपमा सञ्चालन गरिएको भलिबल प्रतियोगिता तथा क्रीकेट प्रतियोगिताको फाइनल खेलमा भलिबलको कप वडा नम्बर ७ लाई ३÷ २ ले हराउदै वडा नम्बर ५ ले हात पारेको छ । भने क्रीकेट प्रतियोगितामा पनि वडा नम्बर ७ लाई सस्तोमा हराउदै वडा नम्बर ३ ले क्रीकेट प्रतियोगितामा प्रथम स्थान हात पार्दै नगर कप हात पार्न सफल भएको छ ।
भलिबल प्रतियोगितामा १२ समूह सहभागी थिए भने क्रीकेट प्रतियोगितामा ९ समूह सहभागी भएको दुबै प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद रू ३५००० मेडल र प्रमाणपत्र
यसैगरी द्वितीय समूह र तृतीय समुहले क्रमशः नगद रू २५००० र १५००० मेडल र प्रमाणपत्र हात पारेका थिए । स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले उत्कृष्टलाई समुहलाई पुरुस्कार प्रदान संगै सम्मान गरेका थिए ।
भलिबल प्रतियोगितामा वडा नम्बर ५ का बिदुर घर्तिले उत्कृष्ट खेलाडीको ट्रफी र वडा नम्बर ७ का क्रीस अधिकारीले क्रीकेट प्रतियोगिताको समग्र उत्कृष्ट खेलाडीको ट्रफी पाएका थिए ।
५ सेटको फाइनल खेलको पहिलो सेट वडा नम्बर ७ ले, दोस्रो र तेस्रो सेट ५ ले ,चौथो सेट ७ ले हात पार्दै फाइनलको लागि पाँचौ सेट खेल्ने क्रममा वडा नम्बर ५ ले ५÷० को अग्रता लिदै अगाडि बढ्यो १५ अङ्कमा विजय हुने क्रममा १५÷७ ले वडा नम्बर ५ ले विजय हासिल गरेको थियो ।
कार्यक्रम समापनको अवसरमा नगरपालिका भित्र रहेर खेलकुदको विकासका निमित्त योगदान दिने पुराना खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।


सम्बन्धित पोस्टहरू

Top