Invalid Conversion Type | Friday 5th June 2020

दाङ : कोरोना सङ्क्रमित युवालाइ कोरोना विशेष अस्पताल लगियो, सँगै आएकाहरुको खोजी जारी


Hamroekata ९ जेष्ठ २०७७

दाङ – दाङको तेस्रो  कोरोना सङ्क्रमित युवालाइ उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ । उनीसँगै आएकाहरुको खोजी सुरु गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषलाई बिहीबार बेलुकी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि राति नै कोरोना विशेष अस्पताल लगिएको हो । उनी जेठ ३ गते भारतको दिल्लीबाट कृष्णनगर नाका हुदै घोराहीको कुइरेपानी स्थित क्वरेन्टीनमा बसेका थिए ।

 

 

सङ्क्रमण पुष्टि भएपछि  उनलाई उपचारका लागि कोरोना विषेश अस्पताल बेलझुण्डीको आइसोलेशनमा भर्ना गरिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

ती युवासँगै एउटै बसमा आएका ३२ जनामध्ये अन्य १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी १५ जनाको खोजी भैरहेको छ ।


सम्बन्धित पोस्टहरू

Top