Invalid Conversion Type | Wednesday 2nd December 2020

झिमरुक फाँटमा तीन खेती गर्ने नगरपालिकाको योजना , पहेँलपुर तोरी देख्न पाइने ।


Hamroekata २५ आश्विन २०७७

प्रकाश बैद्य
प्यूठान, प्यूठानको अन्न भण्डारको रुपमा रहेको झिमरुक फाँट विशेष गरी धान खेतीले बढि परिचित छ तर अव झिमरुक फाँट धानका अतिरिक्त अन्य वालीवाट पनि परिचित हुने भएको छ ।
जिल्लाको अन्न भण्डारको रुपमा रहेको झिमरुक फाँटमा प्यूठान नगरपालिकाले यस वर्ष देखि धान सहित ३ वटा खेती गर्ने योजना अघि सारे पछि अव झिमरुक फाँटमा तोरी समेत खेती हुने भएको हो ।
धान खेतीको हरियालीले विशेष सुन्दरता वोकेको झिमरुक फाँटमा अहिले धान काटे लगत्तै नगरपालिकाले तोरी खेती गर्ने योजना अघि सारेको छ जुन किसानहरुका लागि महत्वपूर्ण वन्नेछ । सधै हरियाली देखिने झिमरुक फाँट अव तोरीले पहेँलपुर देखिदा झनै आम चासो एवं आकर्षणको केन्द्र वन्नेछ भने यसको महत्व झनै बढनेछ ।
सवै पक्षको वैठक छलफल तथा अन्तरक्रियावाट किसानहरुको जिविकोपार्जनमा महत्वपूर्ण सहयोग हुने उद्धेश्यले झिमरुक फाँटमा यस वर्ष देखि ३ प्रकारका खेती गर्ने योजना नगरपालिकाले अघि सारेको र यसका लागि सवै वडा तथा विभिन्न निकायलाई अभियानका रुपमा अघि बढाउन अनुरोध समेत गरिएको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले वताए । किसानहरुलाई ३ खेती गर्न अनुरोध गरी यो वेला तोरी खेती गर्न अनुरोध गरिएको तथा फाँटमा हुने सवै खेतीका लागि सिचाईको व्यवस्था तथा छाडा गाई वस्तु नियन्त्रणमा नगरपालिकाले सहयोग गर्ने पनि नगर प्रमुख कक्षपतिले वताए । प्यूठान नगरपालिका वडा न. ८ ले यस कार्यक्रमका लागि बजेट नै व्यवस्था गरि सकेको तथा अन्य वडाहरुमा पनि व्यापक छलफल गरी अभियान अघि बढ्ने र यस पटक आधार तयार गरी अर्को पटक विभिन्न निकायहरु संग सहयोगको लागि अनुरोध गरेर किसानहरुलाई विउपल तथा आवश्यक सहयोग पुग्ने हिसावले कार्यक्रम अघि बढाइने नगर प्रमुख कक्षपतिको भनाई छ । कम्तीमा यस पटक ५० प्रतिशत फाँटमा तोरी खेती हुने नगरप्रमुख कक्षपतिको आँकलन छ । झिमरुक फाँटमा ३ खेती गर्नका लागि विभिन्न निकाय तथा नगरपालिकाले आवश्यक बजेट छुट्टयाएर कार्यक्रमको सुरुवात गरेको नगरपालिकाले जनाएको छ । धान खेतीको लागि धान जोन कार्यक्रमले ३० लाख ,विभिन्न कृषि सहकारी संस्थाले १५ लाख तथा प्यूठान नगरपालिकाले १५ लाख गरी जम्मा ६० लाख रकम छुट्टयाई सकेको पनि नगर प्रमुख कक्षपतिले जानकारी गराए । आगामी वर्ष देखि कृषकहरुका लागि धान खेती गर्दा धान विउमा विशेष सहुलियत तथा अन्य वालीहरुमा पनि सहुलियत हुने हिसावले कार्यक्रम अघि बढाउने नगरपालिकाको योजना छ ।
किसानहरुको जीविकोपार्जनमा महत्वपूर्ण भुमिका पुग्ने हिसावले प्यूठान नगरपालिकाले अघि सारेको ३ खेती योजना आफैमा महत्वपूर्ण छ भने आम चासोको विषय पनि वनेको छ । वर्षेनी दुइवटा खेती हुने फाँटमा तोरी खेती समेत गर्ने योजनाले योजना पूर्ण रुपले कार्यान्वयन हुने हो भने झिमरुक फाँटले प्यूठानको थप परिचय वोक्नेछ तर यसका लागि खेती गर्न किसानहरुलाई गुणस्तरिय विउ तथा आवश्यक प्राविधिक सहयोगको पनि योजना अघि बढाउनु पर्ने हुन्छ भने अव्यवस्थित घर निर्माणलाई व्यवस्थित वनाउदै फाँट संरक्षण गर्ने उचित योजना समेत नगरपालिकाले वनाउन जरुरी छ ।


सम्बन्धित पोस्टहरू

Top