Invalid Conversion Type | Wednesday 21st October 2020

झिमरुक खेलमैदानमा अन्तर मावि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता


Hamroekata १८ माघ २०७६

प्युठान ।
प्युठान नगरपालिकाको आयोजनामा दोस्रो अन्तर माध्यामिक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । गणतान्त्रीक खेलकुद मैदान विजुवारमा शनिवार देखी प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको ५ नंम्बर प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै प्रदेश सभा सदस्य रिजालले खेलकुद विधा राष्ट्र चिनाउने उच्च स्तरीय विधा भएको बताए । व्यक्ति स्वस्थ्य तथा अस्वस्थ्यको पहिचान दिने पनि खेलकुद रहेको उनले बताए । नगरस्तरमा खेल्नुभएका खेलाडीहरुले अबको १० वर्षमा अन्र्तराष्ट्रिय खेलाडी बन्ने लक्ष्य ल्याउनुपर्नेमा उनले जोड दिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रिजालले खेलाडीले प्रतियोगितामा भाग लिदा अनुशासनलाई ध्यान दिनुपर्ने बताए । उनले भने,,–‘खेलबाट राष्ट्रलाई चिनाउनुका साथै देशको ईज्जत समेत बचाउनुपर्दछ । ’ विद्यालयमा अध्ययन संगै शिक्षा तर्फ समेत ध्यान दिन विद्यार्थीलाई प्रदेश सभा सदस्य रिजालले आग्रह गरे ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १००, २००,४००,८००,१५०० र ३००० मिटरको छात्रछात्रा दौड ,छात्राछात्रा रिले दौड, हाईजम्प,लङजम्प, त्रिपलजम्प, सटफुट थ्रो, भलिबल, कवड्डी, तेक्वान्दो लगाएतका खेलहरु सञ्चालन हुने नगरपालिकाले जानकारी दिएको छ । प्रतियोगितामा प्युठान नगरपालिकाका १० वटा वडाका १२ सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख अर्जुनकुमार कक्षपतिले नगरपालिकाले लिएको समृद्ध नगरपालिका बनाउने अभियानलाई यो खेलले समेत योगदान पु¥याउने विश्वास लिएको बताए । नगरस्तरका प्रतियोगितामा सहभागी खेलाडीहरुलाई जिल्ला स्तरीय हुदै प्रदेश केन्द्रमा हुने प्रतियोगितामा समेत सहभागी गराउने उनले बताए ।


सम्बन्धित पोस्टहरू

Top