Invalid Conversion Type | Wednesday 20th January 2021

चंखे, चत्तुरेको मितेरी, अफाप सिद्ध


Hamroekata २० पुष २०७७

कम्युनिष्ट पार्टीको दर्शन, सिद्धान्त, नीति र सांगठानिक पद्धति पूँजिवादी संसदीय पद्धतिभन्दा नितान्त फरक छ । माक्र्सवाद, लेनिनवाद, माओवाद वा माओविचारधारालाई कम्युनिष्टहरुले आप्mनो पथ प्रदर्शक सिद्धान्त मानेका हुन्छन् । यही सिद्धान्तको आलोकमा विश्वका कतिपय देशमा कम्युनिष्ट पार्टीको गठन भएको छ र कुनै समयमा विश्वका कतिपय देशमा कम्युनिष्ट पार्टीको सरकार पनि भयो । विडम्बना ! यो टिकाउ रहन सकेन । देश, काल, परिस्थिति आनुसार सिद्धान्तलाई तोड्मोड गर्नुपर्छ भन्ने मान्यताले विस्तारै पूँजिवादी लाइन पकड् गर्न पुग्यो र कम्युनिष्ट सरकारको अवसान भएको देखियो । भएको किन टिक्न सकेन भन्ने विषयमा विचार गरेर क.माओले सांस्कृतिक क्रान्तिको अभियान सुरु गरे । तर यो अभियान ठिक प्रकारले संचालन भयो वा भएन, यो आफ्नो ठाउमा छ , तर यसको मकसद भने सर्बहारा पार्टीको सरकार टिकिरहोस् भन्ने नै हो । तर माओको निधन पश्चचात् नयाँ नेतृत्वले सांस्कृतिक क्रान्तिलाई गलत ठहर गरी पूँजिवादी बाटोलाई नै चीनले अंगाल्न पुग्यो । अहिले रुस, चीन जस्ता देशमा कम्युनिष्ट पार्टीको सरकार छ , केवल नाम मात्रको लागि । यहाँ अहिले पनि एकदलीय व्यवस्था छ । सत्तामा बुर्जुवा बर्गको हालीमुहाली छ । तर यिनीहरुले नाम छोड्न सकेका छैनन् । यो पनि विश्वका कम्युनिष्ट पार्टीको लागि गर्बको कुरो हो ।


सम्बन्धित पोस्टहरू

Top