Invalid Conversion Type | Thursday 23rd January 2020

गौमुखीको छापेगाउँमा व्यवसायिक रुपमा अलैची खेति


Hamroekata २४ पुष २०७६

प्युठान,२४ पुस ।
गौमुखी गाउँपालिका– ५ खुङ छापे गाउँका रुमानसिंह कवरले व्यवसायिक रुपमा अलैची खेति गर्दै आउनुभएको छ । ०६६ सालबाट अलैची खेति सुरु गरेपनि उहाँले ०६९ सालदेखि अलैची खेती व्यवसायिक रुपमा थाल्नुभएको हो । अहिले उहाँको १० रोपनी क्षेत्रफलमा अलैची नर्सरी, पाखोबारीमा अलैचीका बोट लटरम्मै हराभरा छन् । झाडी, चिस्यान भएको ठाउँ र खेर गएको पाखोमा उत्पादन हुने अलैची खेतीबाट उहाँले हाँल राम्रो आम्दानी गर्नुभएको छ । सुरुमा अलैचीका बिरुवा लगाउँदा गाउँलेहरुले हिंसा र खिसी गरे उहाँले भन्नुभयो,–‘अहिले यसैले आम्दानी दिन लागेपछि स्थानियसमेत लोभीएका छन् । ’ घरको करेसावारीमा सामान्य रुपमा फल्ने नफल्ने अनुमान गर्न बिरुवा किनेर बिचार गर्न रोपेका उहाँले पछि व्यवसायीक रुपमा कफि खेति गर्नुभएको हो ।
बिगत लामो समयदेखि घरेलु उपचार गर्दै वैद्य पेसासँगै जडीबुटी पेशामा लाग्नुभएको हो । सुरुमा २० रुपैयाँ प्रति दाना बिरुवा खरीद गरी सुरु गरेको उहाँको अलैची खेति हाँल फस्टाएको छ । अलैची खेती बिस्तारका लागि जिल्ला कृषि विकास कार्यालयबाट सुरुमा नर्सरी बनाउन सहयोग पाएपनि सुरुका वर्ष उनलाई उपलब्धि हात परेन । त्यो वर्ष अनुभव मात्रै मिलेको बताउँदै उहाँले उक्त खेतिमा हरेस नखाई काम गरेपछि बल्ल आम्दानी हात पार्नुभएको हो । उहाँ हाँल खुसी हुनुहुन्छ । गौमुखी गाउँपालिकाभर अलैची खेती बिस्तार हुँदा गाउँका किसानहरु पनि हर्षित हुनुहुन्छ । सुरुमा खिसी गर्नेहरुले उहाँको नर्सरीबाट धेरैले बिरुवा लगेर रोपेका देख्दा सहि ठाउँमा हात हाँलेको उहाँ बताउनुहुन्छ ।
१० वर्षदेखी अलैची खेति
रुमानसिंहले अलैची खेति सुरु गरेको १० वर्ष भईसक्यो । भारतमा जडिबुटि सम्बन्धी ज्ञान सिकेर गाउँमै अलैची खेती फस्टाउला र सबैसामु अग्रज कृषक बनुला भन्ने कल्पना भन्दा बाहिरको विषय थियो उहाँलाई । सुरुमा १ सय वटा बिरुवा लिएर खेती सुरु गरेका उहाँले गत वर्ष करिब ५ लाख जति अलैचीका बिरुवा बिक्रि गर्न सफल भएको बताउनुभयो । रहरै रहरले खेती सुरु गरेका उहाँले उत्पादन गरेका बिरुवा खरिद गर्न जिल्ला वन कार्यालय प्युठानले २ लाख बरावरको बिरुवा किनिदिने भनेपछि उहाँ रातदिन नर्सरीमै ब्यस्त हुनुभयो ।
यो सँगै किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम केयुबिके मार्पmत प्युठान उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत आर्थिक सहयोग पाएपछि उहाँले यो खेती झन बिस्तार गर्नुभयो । अलैचीका बिरुवा उत्पादन गर्न संघबाट ३ लाख रुपैयाँ सहित प्राविधिक सहयोग समेत उपलब्ध गराएको निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो ।
यो खेतीमा बिरुवा र दाना दुबै बिक्रि हुने भएकाले उहाँ सहित गाउँका अन्य कृषक पनि यो खेतीमा आकर्षित भएका छन् । यो अलैची खेती एक पटक लगाएपछि १०÷१५ वर्ष सम्म लगातार उत्पादन दिने भएकाले मनग्य आम्दानीको स्रोत रहेको कृषहरुको भनाई छ । बिरुवा रोपेको करिब ३ वर्षपछि यसले उत्पादन दिने हुँदा किसानहरु खुसी छन् । अलैचीको दानाको मुल्य हरेक वर्ष घटबढ हुनेभएपनि कृषक रुमानसिंह कुवरले सुरुमा २ हजार ५ सय रुपैयाँ किलोमा समेत अलैची बिक्रि गर्नुभएको छ ।
१५ क्वीन्टल अलैची उत्पादन हुँदै
कवरले उत्पादन गरेको अलैची हाँल सवा क्विन्टन उत्पादन हुन लागेको छ । गौमुखी गाउँपालिका भर करिब १५ क्विन्टलभन्दा बढी उत्पादन हुने तयारीमा रहेको छ । दाना धेरै उत्पादन भएमा ठेकेदार गाउँमै आएर लैजाने गरेको र थोरै उत्पादन भएमा नेपालगन्ज र दाङमा लगेर बिक्रि हुदै आएको छ । यो ठाउँमा पकेट बिस्तार हुदै अहिले ब्लक निर्माणको काम समेत भइरहेको छ । जसको लागि ५ नं. प्रदेश कार्यालयबाट पनि अलैची खेती बिस्तारका लागि ब्लक निर्माण गर्न सहयोग मिलेको छ ।


सम्बन्धित पोस्टहरू

Top