Invalid Conversion Type | Saturday 31st July 2021

खैरामा दुग्ध संकलन केन्द्र उद्घाटन


Hamroekata १ श्रावण २०७८

प्यूठान,प्यूठान नगरपालिका वडा न. १ खैरालाई दुध उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरी किसानहरुको आयआर्जनमा टेवा पूर्याउने उद्धेश्यले दुध संकलन केन्दको उद्घाटन गरिएको छ ।
शिवालय दुग्ध सहकारी संस्था लि.द्धारा सञ्चालनमा ल्याइएको उक्त दुग्ध संकलन केन्द्रको आज प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
संस्थाका अध्यक्ष विष्णु वहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर कक्षपतिले सहकारीको दिगो विकासको व्यवसायिक योजना बनाएर अघि बढ्न सहकारीका सदस्यहरुलाई आग्रह गरे । वास्तविक आवश्यक्तालाई ध्यानमा राखेर खैरामा दुग्ध सहकारीको माध्यमबाट दुग्ध उत्पादनको कार्यक्रम अघि सारिएको भन्दै मेयर कक्षपतिले यसको दिगो सञ्चालनमा सहकारीमा आवद्ध सदस्य, समितिका पदाधिकारी तथा कृषक सवैको सकृयता जरुरी रहेकोमा जोड दिए । कार्यक्रमका विशेष अतिथि उपमेयर शान्ता आचार्यले भौगोलिक अवस्था, जनताको वास्तविक आवश्यक्ता तथा सकृयतालाई आधार मानेर खैरामा दुग्ध उत्पादन कार्यक्रमका लागि योजना छनौट गरिएको बताउदै दुग्ध सहकारी किसान संग जोडिएको सहकारी हुनाले व्यवस्थित र दिगो रुपले सञ्चालन भई प्यूठान नगरपालिकाले तय गरेको समृद्ध नगर बनाउने अभियानमा दुग्ध सहकारीले एक इटा थप्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्तम एवं वडा. न. ४ का अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी,वडा न. १ का अध्यक्ष रमेश कुमार आचार्य,पत्रकार महासंघका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी,पत्रकार महासंघका सचिव प्रकाश बैद्य लगायतले दुग्ध संकलन केन्द्रको सफलताको शुभकामना मन्तव्य राखेका थिए । भोज बहादुर बस्नेतको सञ्चालन रहेको कार्यक्रममा दुग्ध सहकारीका सचिव छन्द बहादुर बस्नेतले सहकारीले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लागत साझेदारीमा मध्य पहाडी लोक मार्ग दुध उत्पादन कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाको २० लाख ,संघिय ससर्त अनुदान २० लाख ६० हजार तथा कृषकको ४२ लाख गरी कुल ८२ लाख ६० हजारको लागतमा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । कार्यक्रम अन्तर्गत ६ वटा गाई र ९४ वटा भैसी खरिद गरी दुग्ध सहकारीका सदस्य किसानहरुलाई प्रदान गरिएको जस अन्तर्गत प्रति सदस्य दैनिक ५ लिटर दुध संकलन केन्द्रमा ल्याउनु पर्ने व्यवस्था मिलाई संकलन केन्द्रवाट कम्तिमा ३०० लिटर दुध संकलन हुने व्यवस्था मिलाइएको सहकारीका सचिव छन्द बहादुर बस्नेतले जानकारी दिए । सहकारीले किसानहरुवाट उत्पादित दुध प्रति लिटर ६० रुपैयामा खरिद गरी प्रतिलिटर ६५ रुपैयामा विक्री गर्ने व्यवस्था मिलाएको छ भने दुध विक्रीका लागि किसान डेरी जुम्री संग सम्झौता गरेको समेत सचिव वस्नेतले जानकारी दिए । संकलन केन्द्र उद्घाटन दिन आज १ सय ५० लिटर दुध संकलन भएको र खैराका ४५ जनाले दुग्ध उत्पादनका लागि गाई तथा भैसी पालन गरेको सहकारीले जनाएको छ ।


सम्बन्धित पोस्टहरू

Top