Invalid Conversion Type | Saturday 31st July 2021

कोभिड नियन्त्रणका लागि उपचार सेवामा सृदृढिकरण


Hamroekata १२ जेष्ठ २०७८

प्रकाश बैद्य
प्यूठान, कोभिड–१९ संक्रमण भएका विरामीहरुको उपचार सेवामा जिल्ला अस्पताल तथा जिल्ला आइसोलेशन केन्द्रवाट हुने उपचार सेवालाई थप व्यवस्थित एवं सुदृढिकरण गरिएको छ ।
कोभिड संक्रमणवाट गम्भिर विरामीहरुका लागि जिल्ला अस्पताल प्यूठानमा विभिन्न उच्चस्तरिय सेवा देखि लिएर जिल्ला आइसोलेशन केन्द्रमा कोभिड विरामीहरुका लागि प्रदान गरिने सेवामा थप सुदृढिकरण गरिएको हो ।
महामारीको सुरु सूरुको चरणमा जिल्ला आइसोलेशन केन्द्रमा विरामी राख्ने वेड देखि लिएर अक्सिजनको व्यवस्था समेत पर्याप्त हुन नसकेकोमा हाल भने बेड देखि लिएर अक्सिजनको पर्याप्त व्यवस्था गरिएको छ भने  आइसोलेशनमै विशेषज्ञ सेवा समेत सुरु गरिएको छ । जिल्ला आइसोलेशन केन्द्रका संयोजक एवं प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले भने “कोभिड विरामीको विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकहरुद्धारा पहिचानका लागि आज देखि जिल्ला आइसोलेशन केन्द्रमा विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गरिएको छ । विहान १० देखि साँझ ४ बजे सम्म विशेषज्ञ चिकित्सक सहितको टोली आइसोलेशन केन्द्रमा रहने छ । ” हाल आइसोलेशन केन्द्रमा १२ जना विरामी रहेको जानकारी दिदै संयोजक कक्षपतिले अक्सिजन चाहिने विरामीहरुलाई अक्सिजन दिएर राखिएको समेत जानकारी दिए ।
उपचार सेवाको सृदृढिकरण अन्गर्तत आज देखि कोभिड विरामीहरुको उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा एक्सरे सेवा सुरुवात गरिएको छ भने एचडियु (High Dependency Unit ) सेवा समेत सूरुवात गरिएको छ । एक्सरे सेवा कोभिडका विरामीहरुको निमोनिया भए नभएको ,फोक्सोका अवस्था हेर्न प्रयोग गरिने तथा जुन अलि गम्भिर प्रकारका विरामीहरु छन् उनिहरुलाई हाइ अक्सिजन फ्लो आवश्यक पर्दछ त्यस्ता गम्भिर विरामीहरुलाई एचडियु वेडमा राखी सेवा प्रदान गरिने जिल्ला अस्पताल प्यूठानका प्रमुख डा.नविन दर्नालले जानकारी दिए । प्यूठान अस्पतालका बरिष्ठ रेडियो ग्राफर खिम प्रसाद पार्धेले कोरोना संक्रमित विरामीहरुको उपचार सहज होस भन्ने उद्धेश्यले आफ्नो निजी पोर्टेवल एक्सरे मेशिन हालका लागि उपलव्ध गराएको अस्पतालले जनाएको छ ।


सम्बन्धित पोस्टहरू

Top