Invalid Conversion Type | Saturday 24th October 2020

के हो माओको “चार किट अभियान !”


Hamroekata १९ असार २०७७

लिला पुन
चीनमा माओले सन् १९४९ मा जनवादी क्रान्तिद्वारा शासन सत्ता आफ्नो हातमा लिइसकेपछि हजारौं बर्षदेखि पूँजीवादी शासनको चेपुवामा परेको जनताको संस्कार, संस्कृति, रितिरिवाज, आर्थिक, सामाजिक, धार्मिक पक्षहरुमा परिवर्तन गर्न साहै कठिनाइ भएको थियो । ती कठिनाइहरुसंग झेल्न माओ र उनको कम्युनिष्ट पार्टीले कैयो अभियानहरु संचालन गर्नु परेको थियो । त्यसमध्येको एउटा अभियान हो “त्जभ नचभबत ष्खिभ ायचधबचम” । यस अभियान अन्तर्गत एउटा अभियान थियो “चार किट अभियान” । चीनमा सन् १९५८ देखि १९६२ को विचमा आर्थिक तथा सामाजिक सुधारको लागि भनेर माओको नेतृत्वमा चीन कम्युनिष्ट पार्टीले यो अभियान सुचारु गरेको थियो । यो अभियानको उदेष्य थियो–चीनलाई विश्वमा बलियो सर्वशक्तिमान बलियो अर्थतन्त्रको देश बनाउने । तर आँटेको एउटा, भयो अर्कै अर्थात पूर्व सोचेको पश्चिम । चीनको महान सर्वोच्च नेता माओत्से तुङ्ग चीनलाई संसारको एक महान देश बनाउन चाहनु हुन्थ्यो । उनीसंग एउटा महान उदेष्य थियो । त्यही उदेष्य पुरा गर्न उनले यो क्रान्तिको थालनी गरे । चीनलाई विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनाउने उनको लक्ष्य थियो । यो क्रान्तिले एउटा महान लक्ष्य बोकेर आएको थियो ।
तर दुःखको कुरा ! यो क्रान्तिले यति भयानक परिणाम ल्यायो कि ४ करोड चिनियाँ जनता भोकले मर्नु प¥यो । अनिकाल यस्तो सम्म लाग्यो कि एकमुठी चामल चोरेको आरोपमा मानिसलाई फाँसीसम्म दिइयो र दिने अवस्था आयो । भोगले मानिसहरु किरा, फटेङ्ग्रा, साङला, कुकुर, विरालो, सर्प, भ्यागुतो, दोपाया, चौपाया सबै काटेर खान बाद्य भए । यहाँ सम्म कि मानिसले मानिससम्मको मासु खाए । भनिन्छ, एक बाबुले त आफ्नो बच्चासम्म खाए र बच्चाहरुले बाबुलाई भेटाएमा ज्यान जोगाउन टोक्ने सम्म गर्थे । त्यति डरलाग्दो भोकमरी चीनमा पैmलियो । “त्जभ नचभबत ष्खिभ ायचधबचम” नामक चिनियाँ क्रान्ति के हो त ? यो क्रान्ति भंगेरा (क्उबचचयध) विरुद्ध अर्थात चार किराहरु (ँयगच पष्तक) विरुद्ध चलाइएको आन्दोलन थियो । ती चार किराहरु हुन्– भङ्गेरा, मुसा, लामखुट्टे, झिंगा । त्यसबेला विश्वमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका पहिलो, बेलायत दोस्रो थियो । महान नेता माओले घोषणा गरे–“अब आउने दश बर्षमा बेलायतलाई उछिन्ने र आगामी पन्ध्र बर्षमा अमेरिकालाई सम्म माथ गरेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश गराउने” उनको महान सोच थियो । तर के सोचेको के भइदियो । यो माओको निकै महत्वकांक्षी साेंच थियो । चीनलाई कसरी विश्वको पहिलो अर्थतन्त्रले मजबुत भएको देश बनाउन सकिन्छ त भन्दा उनले सोचे औद्योगिक विकास तथा कृषि क्रान्ति गरेर यो लक्ष्य पुरा गर्न सकिन्छ । उनले त्यही नीति तय गरे र जनता तथा कम्युनिष्ट पार्टीका कार्यकर्तालाई औद्योगिक तथा कृषि क्रान्तिको लागि फिल्डमा उतारे ।
यो लक्ष्यको लागि कृषिलाई आधुनिकीकरण गरेर, कृषिलाई पहिलेको भन्दा दोब्बर पारेर जनताको स्वास्थ्य र जनशक्तिलाई ध्यानमा राखेर यो गर्न सकिन्छ । यो काम गर्नको लागि सबैभन्दा पहिले जनताको स्वास्थ्यमा ध्यान दिनु पर्ने थियो । जनस्वास्थ्य र जनशक्तिलाई उत्पादनमा लगाएर बढी भन्दा बढी उत्पादन गरी अर्थतन्त्र बलियो पार्ने भनि “त्जभ नचभबत ष्खिभ ायचधबचम” भित्रको पहिलो अभियान थियो “चार किट अभियान” अर्थात “त्जभ ायगच उभकत अबmउबष्नल” । जसलाई महान भंगेरा अभियान “त्जभ नचभबत कउबचचयध अबmउबष्नल” भनेर पनि चिनिन्छ । यो पहिलो अभियानको लक्ष्य थियो ‘अझ स्वच्छ जीवन बाँच्ने ।’ यसको लागि उनीहरुले पहिले यो चार किट अभियानलाई अगाडि सारे । महान नेता माओ र उनको कम्युनिष्ट पार्टीले भंगेरा, मुसा, लामखेट्टे, झिंगालाई शत्रुका रुपमा लिएका थिए । यिनीहरुको सन्तानै समुल नष्ट गर्ने भनेर माओले आन्दोलनमा घोषणा गरेका थिए । यो अभियानमा यो चारकिटलाई समुल नष्ट गर्नु पर्ने थियो । तपाईहरुको विचारमा भंगेरा के सधैको लागि मानव शत्रु हो भन्ने सोच्नु भएको छ ? पक्कै पनि सोच्नु भएको छैन होला तर माओले किन भंगेरालाई शत्रुपंक्तिमा राखे त ? यो विचारणीय कुरो छ । लामखुट्टेहरु सूचीमा थिए, यिनीहरुले मलेरिया पैmलाउनमा मदत गर्दथियो । त्यसकारण यिनीहरुलाई मानिसको स्वास्थ्यको कारणले गर्दा मार्नु आवश्क थियो ।
मुसाले प्लेग पैmलाउन मदत गर्दथियो । मानिसको जीवन रक्षाको लागि पनि यसलाई मार्नै पर्ने जरुरी थियो । साथै धानखेत, मकैबारी, गहुँबारी, कोदोबारीमा गएर अन्नबालीहरु खाएर विभिन्न फलपूmल खाएर मानिसको लागि नोक्सान सिवाय अरु केही गर्दैन थियो । यो कृषि क्रान्तिको लागि अनुुत्पादक थियो । त्यसकारण यसलाई मार्नै पर्ने आवश्यक थियो । भिंmगाले मानव स्वास्थ्यको लागि हानिकारक रोग टाइफाइड पैmलाउथ्यो विभिन्न किसिमका रोग सार्ने माध्यम बन्थ्यो । यसलाई पनि मार्नै पर्ने आवश्यक थियो । भंगेरालाई किन मार्ने ? चीनका सर्वशक्तिमान महान नेता माओको विचारमा भंगेराले धेरै अन्न खाइरहेको थियो । भंगेराले खाएको अन्नको हिसाब निकाले । बर्षमा एउटा भंगेराले चारकिलो अन्न खादो रहेछ । करोडौको संख्यामा रहेको भंगेराले लाखौं टन अन्न स्वाहा पार्ने भएकोले माओले ती भंगेराहरु मार्ने विचार गरे । अर्थात माओ र चीनका कम्युनिष्ट पार्टीले भंगेरालाई मन पराएनन् । त्यसकारण उनीहरुले भंगेराहरुलाई मार्ने सूचिमा राखि दिए र यो चिनियाँ नागरिकहरुलाई यो चारकिट अभियानमा लागेर मुसा, झिंगा, लामखुट्टे, भंगेरालाई चीनबाट हटाउने आवहान गरियो । त्यो अभियानको प्रचार–प्रसार देश व्यापी रुपमा भयो । पार्टीका कार्यकर्ताहरु घर–घरमा गई फोहर–मैला फाल्ने र सफा गर्ने, त्यहाँ भएका झिंगा र लामखुट्टेहरु मार्ने काम गर्न थाले । चीनलाई स्वस्थ्य चीन र बलियोे अर्थतन्त्र भएको चीन बन्न सहयोग गरोस भनेर उनीहरु लागि परे ।
यो अभियानको लागि सरकारले जनतालाई उत्प्रेरित ग¥यो । जनतालाई भाडा, डरम, बन्दुक, गुलेलीहरु वितरण गरियो । पोष्टरहरु दिएर भित्ता–भित्तामा टास्न लगाएर जनचेतना पैmलाउन थालियो । यस कार्यले गर्दा यो अभियान सफल त भयो तर भंगेरा मरेकोमा सबैको ध्यान गयो । देशभर उमंग उत्साहका साथ भंगेरा मार्न थालियो । जनताहरु भंगेरा मार्नको लागि डटेर लागे । उनीहरुले भंगेरा मार्नको लागि डरमहरु बजाउने, थाल ठटाउने, भाटाहरु भुइमा ठटाउने, ठूला–ठूला आवाज निकालेर कराउने गर्दा भंगेराहरु डरले आकाशमा टाढा–टाढा उड्ने गर्दथे भने थकाइको कारणले गर्दा भईमा झर्दथे र उनीहरु मारिन्थे । त्यसरी लाखौं, करोडौको संख्यामा भंगेराहरु मारिए । भंगेराका बास भटकाइयो, फुल फुटाइयो, उसको बच्चाहरु मारियो । सबका सब भंगेराहरु मारियो । सरकारले सबैभन्दा बढी भंगेरा मार्ने व्यक्ति वा समुहलाई स्कुल, कार्य समुह, सरकारी एजेन्सीबाट पुरुस्कृत गरियो, प्रशंसा पत्र दिइयो । चीनका सबै जनता मिलेर १.५ अरब मुसाहरु मारियो । १ अरब भंगेराहरु मारियो । २ करोड २० लाख झिंगाहरु मारिए र २ करोड ४० लाखभन्दा बढी लामखुट्टेहरु मारियो । यत्रो धेरैको संहार भइसकेपछि अभियानको उदेष्य पुरा भएको भनेर ध्यानमा राख्दै यो अभियान सफल भएको भनियो ।
भंगेराहरु पुर्ण रुपमा लोप भए । “त्जभ नचभबत ष्खिभ ायचधबचम” सन् १९६२ मा समाप्त भयो । यो संगै “चार किट अभियान” पनि समाप्त भयो । तर यो बेलासम्म चीनमा धेरै विपत्ति आइसकेको थियो । अर्थात भंगेराहरुलाई मार्दा के भइदियो ? भंगेराहरुले अन्न मात्र खादैन थियो । चीनका कम्युनिष्टहरु र महान नेता माओलाई यो भ्रम, यो गल्ति पछि मात्र महसुस भयो कि यिनीहरुले अन्नबाली खाने किरा, फटेङ्रा, सलहहरु पनि खाने गर्दथे । यो कारणले गर्दा चीनमा किरा, फटेङ्रा, सलह बढन पाएका थिएनन् । लाखौ, करोडौको संख्यामा भंगेरा भइदिएकोले, भंगेराले खाइदिएको कारणले यिनीहरुको संख्या बढेको थिएन । भंगेराहरुको लोप भइसकेपछि किरा, फटेङ्रा, सलहको संख्या यसरी बढ्यो कि चीनभर सारा बालीहरु सखाप पार्न थाल्यो । यसरी देशभर अन्नबालीको सर्वनास भइसकेपछि देशमा के भयो ? त्यसको ठीक उल्टो परिणाम भयो । देशभर भंगेराको संख्या नास भइसकेपछि अन्नबाली खाने किराहरुको संख्या अत्यधिक बढ्न थाल्यो । जुन किराहरुलाई भंगेराहरुले खाएर नियन्त्रण गरेका थिए । ती किराहरुले अन्नबाली खाएर सखाप पार्न थाले । गाउँ–गाउँ, बस्ति–बस्तिहरुमा र देशको कुना–कुनाहरुमा अन्नबालीहरु सखाप हुन थाले । त्यसको परिणाम देशका जनताहरुलाई खानाको लागि अन्न भएन ।
देशमा भयङ्कर भोकमरी आयो । त्यो भोकमरीबाट देशमा लाखौ, करोडौ मान्छे मरे । निर्दोष भंगेरालाई मार्नाका कारण सजाय स्वरुप प्र्रकृतिले पनि भोकमरी ल्याइदियो र करोडौ मान्छे भोक–भोकै मारेर सजाय दियो । यसरी प्रकृतिको चक्रलाई नबुझिकन चालिएको यो अभियानले चीनले ४ करोड मान्छे गुमाउनु प¥यो । ई.स. १९५९ मा चीनका विज्ञान एकेडेमीका अनुसन्धानकर्ताहरुले मरेका भंगेराहरु मध्य केहीका अनुसन्धान गरे । उनीहरुले के पत्ता लगाए भन्दा भंगेराको पेटमा अन्न थिएन । मात्र किरा, फटेङ्रा, सलहले उनीहरुको पेट भरिएको थियो । त्यस अनुसन्धानबाट के थाहा भयो भने भंगेराले अन्न खानेभन्दा पनि बाली संरक्षण अभियानका मुख्य हिस्सा रहेछ । भंगेराले धेरै किराहरु खादो रहेछ । जसको परिणाम स्वरुप बालीमा यस्ता किराहरु नबढ्ने रहेछन् र उत्पादनमा वृद्धि हुँदो रहेछ । उनीहरुले यसरी बाली बढाउन सहायता गरेको कारणले गर्दा केही हिस्साको रुपमा थोरै–थोरै अन्न पनि खादा रहेछन् । यसरी चीनमा भंगेराको संख्या सखाप भएपछि अन्न खाने किरा, फटेङ्रा, सलहको संख्या अत्यधिक बढ्यो । सारा अन्नहरु खाएर सखाप पा¥यो । ती किरा, फटेङ्रा, सलहलाई मानिसहरुले निकै मार्ने कोसिस गरे तर त्यस काममा सफल हुन सकेनन् ।
अन्नहरु उत्पादन हुन छाडेपछि देशमा भोकमरीको ठूलो समस्या आइप¥यो । रोगले भन्दा भोकले मान्छेहरु भकाभक मर्न थाले । भंगेरा मारेर अपराध गरेको कारण प्रकृतिले चीनलाई ४ करोड मान्छे मारेर उसको भुललाई सजायको रुपमा दर्ज गरायो । विश्वको ठूलो अर्थतन्त्र बन्छु भनेर भंगेरामाथि आक्रमण गर्ने चीनको अर्थतन्त्र झन् तहस–नहस भयो । अर्थात फेरी चीन ठूलो भोकमरीको सिकार भयो । यो जुन भयानक विपक्ति चीनमा आयो, यसमा एउटा प्राकृतिक सरकललाई नबुझेर प्रकृतिमाथि छेदखानी गरिएको कारणले भएको थियो । त्यसपछि फेरी चीनले रुसबाट भंगेराहरु आयात ग¥यो । तर चीन जति गरेपनि पुरानो अवस्थामा फर्कन सकेन । पहिलेको अवस्थामा आउन चीनलाई निकै लामो समय लाग्यो । त्यसबेला चीनले संसारभरबाट भंगेरा आयात गरेको थियो । अध्यक्ष माओको “चार किट अभियान” संगै राम्रो मनसाय त थियो तर उनले यस विषयमा प्रर्याप्त अनुसन्धान र गृहकार्य भने गरेका थिएनन् । यध्यपी भंगेराहरुलाई किराको रुपमा सोच्नु माओको गम्भिर गल्ति थियो । यसको परिणामस्वरुप ५० को दशकमा चीनले जे सोचेको थियो त्यो नभयर यसको परिणाम उल्टो भयो । सरकारको नेतृत्व गर्ने नेतामा अदुरदर्शी र कच्चापन व्यवहार आइदियो भने त्यसको फल देशका जनताले पाउछन् भन्ने सबुद प्रमाण यहाँ “चार किट अभियान”मा माओले दर्साएका छन् । त्यसबेला माओले ठूलो भुल गरेका हुन् । जुन भुलको कारणबाट ४ करोड चिनियाँ जनताले जीवनबाट हात धुनु प¥यो ।
इकोशिष्टमका परिवर्तनहरु हामीले अभैm राम्ररी बुझेका छैनौं । हामीलाई थाहा छैन कि बस्तुहरु तिनीहरुका बाटोमा किन छन् ? कुनै पनि वस्तुहरु यहाँ छ भने किन छ ? हामीलाई लाग्छ त्यो अनावश्यक छ । यसको महत्व छैन । तर वास्तवमा कुनै पनि वस्तु धर्तीमा छ भने त्यो प्रकृतिले त्यसै लिएको छैन । त्यो हुनको कारण छ । हामीले त्यसलाई सर्वनास गर्ने बाटोमा जान हुँदैन । सबै बस्तुको उदेष्य र लक्ष्य हुन्छ । भगवान अर्थात नेचरले यहाँ पठाउछ भने त्यससंग खेलवाड गर्न हुदैन । त्यसको सर्वनास गर्ने प्रयास गर्नु हुदैन । राम्रो कामको लागि, समाजको लागि राम्रो गर्छुभन्दा कहिले इतिहासमा नराम्रा परिणाम पनि आउन सक्दछन् । यो कुरा महान नेता माओको “चार किट अभियान”बाट सिक्न सकिन्छ ।


सम्बन्धित पोस्टहरू

Top