Invalid Conversion Type | Tuesday 20th April 2021

कार्यालय भित्र लुकी वसेको राते डिभिजन बन कार्यालयलाई बुझाईयो ।


Hamroekata १६ फाल्गुन २०७७

प्यूठान ÷फूलवारी एकिकृत ग्रामिण विकास संस्था नेपाल खैराको कार्यालय भित्र लुकी वसेको राते बन कार्यालयलाई बुझाइएको छ ।
आज विहान करिव ८ वजे अन्यत्रवाट खुट्टो काटिई घाइते अवस्थामा कार्यालयको एक कोठामा लुकेर वसेको अवस्थामा उक्त राते (रतुवा) लाई सव डिभिजन बन कार्यालय विजुवारका कर्मचारीहरुको उपस्थितिमा नियन्त्रणमा लिई डिभिजन बन कार्यालय प्यूठानलाई बुझाइएको हो ।

 


विहान करिव ८ वजे आफु कार्य कक्ष भित्र प्रवेश गर्दा केहि आवाज आएको सुनेकाले हेर्दा राते देखेकाले बन कार्यालयलाई खवर गरी बनका कर्मचारीहरुको उपस्थितिमा नियन्त्रणमा लिई डिभिजन बन कार्यालयलाई बुझाएको फूलवारी एकिकृत ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए । भद्रेचौर सामुदायिक बन उपभोक्ता समुह खैराका अध्यक्ष ललित वस्नेत , सव डिभिज वन कार्यालय विजुवारका फरेष्टर प्रल्हाद देवकोटा , वन रक्षक दिनेश कुमार यादव , डिभिजन बन कार्यालय खलंगाका बन रक्षक दुर्गामान श्रेष्ठको उपस्थितिमा मुचुल्का खडा गरी राते बन कार्यालयलाई बुझाइएको हो ।


सम्बन्धित पोस्टहरू

Top