Invalid Conversion Type | Saturday 19th October 2019

ऐरावतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम, सड्कमा नाली काटने,मर्मत र सिँचाई कुलो निर्माण


Hamroekata ५ श्रावण २०७६

सागर रिजाल
प्युठान,५ साउन ।
जिल्लाको ऐरावती गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पालिकाका दुई सय ८० जना यूवालाई रोजगारी दिएको थियो । रोजगारीको माग गर्दै फारम भरेका एक हजार ९ सय ७६ युवाहरु मध्ये पहिलो चरणमा दुई सय ८० जना युवाहरुलाई रोजगारी दिईएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक विनोद त्रिपाठीले जानकारी दिए ।
रोजगार कार्यक्रम मार्फत पालिकाका ६ वटै वडामा काम गरिएको छ । गाउँपालिकाको वडा नंम्बर १ मा अमिली –टाकुरा–जुडा– ढेउला खोला सड्कमा नाली काटने तथा मर्मत , टाकुरा–सालेना –रातामाटा– ढेउलाखोला सड्कमा नाली काटने र मर्मत गर्ने काम र अमिली–बाझी– पोखरी –छेडाबंशाली सड्कमा नाली काटने तथा मर्मतको काम भएको रोजगार संयोजक त्रिपाठीले जानकारी दिए । यी योजनाका लागि पाँच लाखको लागत अनुमान गरिएपनि चार लाख तीन हजार ६ सय ५० रुपिँया खर्च गरि काम सम्पन्न गरेको उनको भनाई छ । वडा नंम्बर दुईमा पुरनठाटी–देउराली–नेपाने–चिदिबास सड्कको नाली कटान संगै मर्मत गर्ने काम गरिएको छ । यो योजनाका लागि पाँच लाख रुपिँया विनियोजित भएपनि तीन लाख ९४ हजार आठ सय ७५ रुपिँयाको लागतमा सम्पन्न भएको छ ।


वडा नंम्बर तीनमा हरियाखोला–दारिमपाटा–जाबुने– ओखारी सड्कमा नाली निर्माण र ग्याबिङ भर्ने काम र अर्झाम सड्कमा नाली काटने काम भएको छ । यो योजनाका लागि पाँच लाख रुपिँया लागत अनुमान गरेपनि तीन लाख ५७ हजार चार सय ३५ रुपिँया लागतमा काम भएको रोजगार संयोजक त्रिपाठी बताउछन् ।
वडा नंम्बर चारमा सिँचाई कुलो र पर्खाल निर्माण
रोजगार कार्यक्रम मार्फत वडा नंम्बर ४ मा रहेको पद्मोदय माध्यामिक विद्यालय धुवाङमा पर्खाल निर्माण गरिएको छ । त्यस्तै धुवाङमै स्थानिय जनतालाई अन्नवाली सिँचाई गर्न सहजता पु¥याउने उदेश्यले सिँचाई कुलो निर्माण गरिएको छ । यी दुई योजनाका लागि रु पाँच लाख बजेट अनुमानित गरेपनि चार लाख ७१ हजार आठ सय ३८ रुपिँया लागतमा काम सम्पन्न भएको छ । वडा नंम्बर ५ मा पनि रोजगार कार्यक्रम मार्फत गोठीवाङ–पुनाचौतारा–बालीविसौना डाडाखर्कमा नालीकटान, जाडी –झिवाङ नाली कटान र खवाङ तल्लो खन्नमा नाली कटानको काम भएको छ । यी योजना सम्पन्न गर्नका लागि रु पाँच लाख अनुमान गरिएपनि चार लाख ६५ हजार नौ सय १८ रुपिँया लागतमा काम सम्पन्न भएको छ ।

वडा नंम्बर ६ मा रोजगार कार्यक्रम मार्फत हाटेडाडा–हात्तिपाईला–रोटेखोला सड्कमा नाली काटने काम , खर्केडाँडा–दमाईखर्का–खुल्केडाडा–केवरा सड्कमा नालीकाटने काम र बाघखोर–उदीक– अर्लाबाङ–सिनेटादमार सम्म पुग्ने सड्कमा नाली काटने काम सम्पन्न भएको रोजगार संयोजक त्रिपाठीले जानकारी दिए । वडा नंम्बर ६ मा सञ्चालित योजनाको लागि रु पाँच लाख बजेट अनुमान गरेपनि तीन लाख ९४ हजार आँठ सय ७५ रुपिँया लागतमा काम सम्पन्न भएको उनले बताए ।
कामदारले पाए ज्याला
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरिएका योजनाको भुक्तानी भएको छ । पालिकाका ६ वटै वडाबाट छनोट गरि काममा लगाएका दुई सय ८० जना कामलारलाई १५ दिन काम गरेवापतको ज्याला दिईएको छ ।काम गरेका कामदारले पाँच सय ८५ रुपिँयाको एक प्रतिशत करकट्टी गरि ज्याला ज्याला पाएका छन् । ऐरावती गाउँपालिकामा रोजगार कार्यक्रमका लागि ३५ लाख बजेट विनियोजन भएको रोजगार संयोजक त्रिपाठीले बताए ।


सम्बन्धित पोस्टहरू

Top