Invalid Conversion Type | Saturday 19th October 2019

उपराष्ट्रपति चिल्डे«ेस खेलमा सहभागिताका लागि खेलाडी छनोट प्युठानमा गरिने


Hamroekata ४ जेष्ठ २०७६

सागर रिजाल
प्युठान,४ जेठ ।
दोस्रो उपराष्ट्रपति चिल्डे«ेस खेलमा सहभागि हुनका लागि ५ नंम्बर प्रदेश स्तरीय खेलाडी प्युठानमा छनोट गरिने भएको छ । यही जेठ १२, १३ र १४ गते काठमान्डौमा हुने खेलका लागि प्रदेशका १२ वटा जिल्लाका खेलाडीहरुको सहभागीतामा यहि जेठ ९ र १० गते प्युठानमा छनोट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो ।
२ दिन सम्म हुने खेलमा एथेलेटिक्स, टेबुलटेनिस, कराते, उत्सुक, तेकवान्दो, कपर्दी लगाएतका खेलाडी छनोट गरिने छ । एक जिल्लाबाट २९ जना खेलाडी सहभागी हुने अध्यक्ष थापाले बताउनुभयो । ५ नंम्बर प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति प्युठानको सहआयोजनामा खेलाडी छनोट प्रतियोगिता राखिएको हो । यस विषयमा तयारी स्वरुपम आईतबार सर्वपक्षिय बैठक बसिने थापाले जानकारी दिनुभयो । खेलमा १४ वर्ष मुनीका खेलाडी सहभागी हुने उनले बताए ।
प्युठानमा यस अघि सातौ राष्ट्रिय खेलकुुद प्रतियोगिता अन्र्तगत महिला भलिबल प्रतियोगिता, आठौ राष्ट्रिय खेलकुद अन्र्तगत प्रदेश स्तरिय तेकवान्दो प्रतियोगिता आयोजना गरिसकिएको प्रदेश खेलकुद समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘उचीत खेलमैदान, उपयुक्त मौसम,होटलको व्यवस्थापन, खेलप्रेमी समुदाय भएर छनोट खेल पनि यही राखीएको हो । ’ ५ नंम्बर प्रदेशबाट उपराष्ट्रपति चिल्डे«ेस खेलका लागि २९ जना खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।


सम्बन्धित पोस्टहरू

Top