Invalid Conversion Type | Tuesday 2nd March 2021

अदालतले फैसला गर्न विलम्व गर्नु हुदैन – बर्षमान पुन


Hamroekata ५ माघ २०७७

प्यूठान, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री बर्षमान पुन(अनन्त)ले संसद विघटन विरुद्धको मुद्दा फैसला गर्न अदालतले विलम्व गर्न नहुने वताएका छन् ।
प्रेस संगठन नेपाल प्यूठानले आज प्यूठानमा गरेको पत्रकार भेटघाटको अवसरमा वोल्दै पूर्व मन्त्री पुनले न्यायालयले आम जनतालाई न्याय दिने कुरामा विलम्व गर्न नहुनेमा जोड दिएका हुन् ।
संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार कहि कतै नभएकाले अदालतले संसद पुनस्थापना गर्ने कुरामा शंकै नरहेको जिकिर गर्दै पूर्व मन्त्री पुनले संवैधानिक निकायले कसैको दवाव होइन कानुनलाई मान्नु पर्ने वताए । कानुनले चलेको देशमा कानुनको पूर्ण रुपमा पालना हुनेमा आफु विश्वस्त रहेको प्रष्ट्याउदै मन्त्री पुनले दल सम्वन्धि ऐन ,निर्वाचन ऐनमा प्रष्ट व्यवस्था भएकाले आफुहरुले निर्वाचन आयोगवाट पार्टीको नाम तथा चिन्हमा आधिकारिकता पाउने कुरामा पनि शंकै नरहेको समेत ठोकुवा गरे ।
केपी शर्मा ओलीले देशमा अस्थिरता चाहानेहरुको डिजाइनमा असंबैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको मन्त्री पुनले वताए । गणतन्त्र विरोधी र कम्युनिष्ट आन्दोलनको बदनाम गर्न खोज्नेहरुको इसारामा संविधान निमोठ्ने प्रयास गरेको समेत उनले जिकिर गरे ।
नेता पुनले संविधानको रक्षा, विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्ने बीचको लडाईं भएको पनि बताए । विचार, विधि र पद्धतिमा नअडिएका ओलीलाई अध्यक्षबाट कारवाही गरिएकोमा गलत कदमलाई सही भन्नेहरु नेकपा विभाजन भयो भनेर बाहिरिन मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोसिस गरेको उनको भनाई छ ।
नेता पुनले उपाध्यक्ष बामदेव गौतमलाई ओलीले दिएको झुटो आश्वासनको आधारमा कार्यकारी अध्यक्षको दाउ राखी पार्टी एकता कायम राख्छु भन्नु अहिलेको परिरिस्थतिमा उचित नभएको समेत बताए ।
पार्टीको आधिकारिकता र चुनाव चिन्हमा दुई तिहाई बहुमत सदस्य प्रचण्ड–नेपाल समुहमा रहेको बताउँदै पुनले निर्वाचन आयोगलाई विलम्ब नगर्न आग्रह समेत गरे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य बर्षमान पुन अनन्त, लुम्बिनी प्रदेश सह–इन्चार्ज ठाकुर प्रसाद गैरे, लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानको जिल्ला स्तरीय विस्तारित बैठकका लागि प्यूठान आएका थिए ।


सम्बन्धित पोस्टहरू

Top