Invalid Conversion Type | Saturday 19th October 2019

अगुवा कृषकलाई औजार सामाग्री हस्तान्तरण


Hamroekata २ असार २०७६

 

सागर रिजाल

प्युठान,१ असार ।

माण्डवी गाउँपालिका प्युठानले कृषकलाई अनुदानमा कृषि औजार सामाग्री  हस्तान्तरण गरेको छ । पालिकाका अगुवा कृषकहरु नम बहादुर खत्री, कृष्ण बहादुर नेपाली , जुग बहादुर खत्री र हुकुम बहादुर थापा लाई  १÷१  वटा पावर टेलर मेसिन हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।त्यस्तै वडा नं ३ का गिरिराज पौडेललाई  डिजिटल तराजु  हस्तान्तरण गरिएको छ ।

पालिकाले ६ लाख ९५ हजार लगानीमा  ५० प्रतिशत  अनुदानमा ५ जना अगुवा कृषक हरुलाई सामाग्री हस्तान्तरण गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत अनिल अधिकारीले जानकारी दिनुभयो ।  कृषिको यान्त्रिकरण र आधुनिकीकरणका लागि गाउँपालिका ले यस किसिमको अनुदानको कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

कृषि सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले कृषकको हितका लागि औजार सामाग्री वितरण गरेको बताउनुभयो । युवालाई लक्षित गरि कृषिका कार्यक्रमहरु अगाडी वढेका छन्, उहाँले भन्नुभयो,–‘यस्तै प्रकारका कार्यक्रमहरु आगामी दिनमा पनि गरिने छ । ’ कृषि समाग्री वितरणले कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने उहाँले बताउनुभयो ।

अनुदानमा उपकरण पाएका कृषकले गाउँपालिका को उक्त सहयोगले कृषिको व्यवसायिकता बढाउने बताएका छन् ।  अनुदानले कृषिमा लाग्न उत्साह थपेको  उनीहरुको भनाई छ ।


सम्बन्धित पोस्टहरू

Top